काठमाडौं, १४ भदौ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ चारदिने कोरिया भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् ।
कोरियामा कामदारसँग रहेर त्यहाँको समस्या बुझेर उनी स्वदेश फर्केको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
उनी मलेसियाबाट कोरिया पुग्दा नेपाली कामदार भएको आङसङमा रहेको फर्सिस कम्पनीमा पुगे र त्यो फर्निचर कम्पनी हो ।
त्यहाँ २२ नेपालीसहित विभिन्न देशका कामदार कार्यरत छन् । नेपाली मजदुरले मन्त्री आउलान र सँगै खाना बसेर खाउँदा भन्ने सोचेका समेत थिएनन् । मन्त्रीले सँगै बसेर खाना खाए । गुरुङले नेपाली कामदारको माग र समस्या सोधे ।
एक जना कामदारले आफ्नो परिवारले बेलाबेलामा घुम्न आउन पाउने व्यवस्था गरिदिनोस भनेर माग गरे ।















प्रतिक्रिया