न्यु जर्सी । अमेरिकामा रहेका नेपाली मुलका अभियन्ता (इन्जीनियर्स) को छाता संगठन अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्स तथा कम्प्युटर एसोसियसन अफ नेपाल युएसको सयुक्त आयोजनामा अमेरिकाको न्यु जर्सीमा नेपाली मुलका अभियन्ताहरुको वार्षिक सम्मेलनको समुद्घाटन सत्र सम्पन्न भव्यताको साथ सम्पन्न भएको छ ।
प्रमुख अतिथि रहनु भएका अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिध्यावारिधि)ले संस्थाले गरेको गतिबिधि, भूकम्पको पीडित र नेपाल पुनर्निर्माणमा गरिरहेको अहम भूमिका प्रसंसा गर्नु भएको भयो । राजदूत कार्कीले नेपाल सरकारको तर्फ तथा राजदूताबासको तर्फबाट साथमा मिलेर काम गर्न इच्छा व्यक्त गर्नु भएको थियो ।
यसै गरि सयुक्त राष्ट्र संघका लागि सहायक महासचिब ज्ञानचन्द्र आचार्यले मुख्य वक्ताको रुपमा २०१५ को नेपालको भूकम्प सम्बन्धि कार्यपत्र प्रस्तुति गर्नु भएको थियो ।
उहाँले अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्सले उल्लेख्य काम गरेको बताउनु भयो । नेपालको भूकम्प बारेमा अन्तर्राष्ट्रिय समुदायले ठूलो सहयोग गरेको चर्चा गर्दै पुनर्निर्माण अति आवश्यक भएकोले संस्थाले राम्रो काम गर्ने कुरामा आफू बिश्वस्त भएको बताउनु भयो ।
कार्यक्रममा सस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ मलेसियाको भ्रमणमा रहेकोले मलेसियाबाट नै बोल्दै नेपालको पुनर्निर्माणमा संस्थाले गरेको कामको बारेमा बताउनुभयो ।
संस्थापक अध्यक्ष प्राध्यापक रमेश मल्लले कार्यक्रम संचालन गर्दै दिनभर हुने कार्यक्रम बारेमा जानकारी गराउनु भएको थियो । स्थानीय संगठन समितिका उपेन्द्रलाल कर्ण तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्यव समितिका सल्लाहकार रामचन्द्र खरेलले शुभ कामना दिनु भएको थियो ।
गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष चिकित्सक केसब पौडेलले सम्मेलन को लागि शुभ कामना दिनु भएको थियो । नेपालबाट सम्मेलनको लागि आई पुग्नु भएका नेपाल ईन्जिनियर्स संघ नेपालका वरिस्ठ अभियन्ता ध्रुब थापाले भूकम्प पश्च्यात नेपालको अवस्था तथा नेपाल निर्माणको लागि नेपाल ईन्जिनियर्स संघको भूमिका बारेमा कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।
थापाले अभियन्ता तथा प्राबिधिकहरुलाई नेपालमा पछि पारिएको आरोप लगाउदै अमेरिकामा आफुलाई भब्य आतिथ्य पाएकोमा हर्ष व्यक्त गर्नु भएको थियो ।
उहाँले भन्नु भयो, ‘नेपालको भूकम्पमा ठूलो क्षति हुन्बाट बच्यो ।’ पशुपति नाथले रक्षा गरेको भन्दै अमेरिकाले कसरी विकास गरेको छ त्यो यहाँ बस्नेले नेपालमा बस्नेलाई सहयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रममा सम्मेलनका प्राबिधिक सहसभापति अभियन्ता ठाकुर ढकालले धन्यवाद दिनु भएको थियो ।
सम्मेलनमा राजदुत डा कार्की, उपमहासचिव आचार्य तथा नेपाल ईन्जिनियर्स संघ नेपालका वरिस्ठ अभियन्ता थापालाई सम्मान पनि गरिएको थियो ।
















प्रतिक्रिया