५ कार्तिक २०८३, बिहिबार

अब निजामती कर्मचारीलाई साठी वर्षको उमेरसम्म निरन्तर काममा खटाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Artha Mantralayaकाठमाडौं, १३ भदौ । निजामती कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० पुर्‍याउन सरकारले निजामती सेवा ऐनको पाँचौ संशोधनको प्रक्रिया अघि बढाएको छ ।

यसका लागि सामान्य प्रशासन मन्त्रालयले आवश्यक राय परामर्शका लागि कर्मचारी ट्रेड युनियनहरुसँग पनि सुझाव माग गरिसकेको समाचार गोरखापत्र दैनिकले छापेको छ ।

चालू आर्थिक वर्षको बजेट वक्तव्यमा निजामती कर्मचारी उमेर हद बढाउने सरकारको योजनालाई सार्थक बनाउन र योगदानमा आधारित निवृत्तिभरण कोष बनाउने मुख्य दुई विषयलाई ऐनमा संशोधन गर्न ऐनको पाँचौ संशोधनको तयारी गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

नेपालीको औसत आयु बढेका कारण ६० वर्षसम्म सहजै काम गर्न सक्ने र लामो समयसम्म राष्ट्रसेवा गरिसकेका व्यक्तिको योग्यता, अनुभव राज्यका लागि उपयोगी हुने कारण दर्शाउँदै सरकारले कर्मचारीको उमेर हद बढाउने गरी ऐन संशोधन विधेयक संसदमा लैजाने तयारी गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रुपनारायण भट्टराइले बताए ।