– दिलकुमार श्रेष्ठ
दोहा । नेवा पुचः कतारको दोस्रो अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ ।
कतारको दोहा स्थित टपफर्म रेस्टुरेन्टमा अधिवेशनले उपेन्द्र रत्न शाक्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । पुचको उपाध्यक्षमा राजेश महर्जन, सचिब दिपेन महर्जन, सहसचिब नितेश तन्डुकार, कोषाध्यक्ष सुश्री मेनुका महर्जन, सहकोषाध्यक्ष सुश्री सानु तन्डुकार सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनले केन्द्रिय सदस्यहरुमा बिकाश महर्जन, दिल कुमार श्रेष्ठ, बिरेन्द्र श्रेष्ठ, भरत श्रेष्ठ र लक्ष्मण श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।















प्रतिक्रिया