२९ आश्विन २०८३, बिहिबार

यो जोडीले गुडिरहेको कारमै सेक्स गरेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-coupleएजेन्सी । व्रिटेनमा बस्दै आएका भारतीय मूलका ३६ वर्षीय मिनेश पर्बतलाई गुडिरहेको गाडीमा आफ्नी गर्लफ्रेण्डसँग राखेको शारीरिक सम्बन्ध मंहगो सावित भएको छ ।

मिनेश करिब १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुडिरहेको बीएमडब्ल्यू कारमा आफ्नी गर्लफ्रेण्ड लिसा वाटलिंगसँग सेक्स गरिरहेका थिए, त्यही बेला कार दुर्घटनाग्रस्त भयो । यो दुर्घटनामा गर्लफ्रेण्ड लिसाको मृत्यु भएको छ । २८ वर्षीया लिसा दुई सन्तानकी आमा थिईन् ।

यो घटनालाई लिएर मिनेश पर्बतलाई ब्रिटेनमा ७ वर्षको जेल सजायँ सुनाइएको छ । दुर्घटनाका क्रममा यो जोडीको शरीरको माथिल्लो भागमा मात्र कपडा थियो । मिनेशलाई ७ वर्षको सजायँ सुनाउने न्यायधीशले आफ्नो फैसलामा भनेका छन् – म यो कुरामा सन्तुष्ट छु की दुर्घटनामा लिसाको मृत्युको कारण तपाईहरुको शारीरिकसम्बन्ध हुनुका साथै तिव्र गतिमा गाडी चलाउनु पनि हो ।’