३० आश्विन २०८३, शुक्रबार

आठौं नेफ्टा फिल्म अवार्ड सफल बनाउन कतारको सबै संघ संस्थाहरुको ऐक्यवद्धता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nefta-award– रवि रोषी

दोहा । आठौ नेफ्टा फिल्म अवार्ड २०१५ भेटघाट तथा अन्र्तकृया कार्यक्रम कतारमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाको अध्यक्ष भविन्द्र तामाङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा ५० भन्दा धेरै संस्थाका प्रतिनिधीहरुको उलेख्य उपस्थिती रहेको थियो ।

गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष मक्सुद आलमले कार्यक्रमलाई सफल बनाउनु सबैको दायित्व रहेको हुँदा कतारमा हुन गइरहेको अहिले सम्मकै भव्य ऐतिहासिक नेफ्टा फिल्म एवार्ड २०१५ लाई सफल बनाउन सबै संघ संस्थाले संस्थागत रुपमा प्रवेशका लागि बनाईएको टिकट नेपाली सामु पुर्याएर यसलाई सफल बनाउनको लागि सहयोग गर्न अपिल गरे ।

कतारमा रहेका सम्पुर्ण नेपालीहरुले यस घडीमा अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारको संयोजकत्व तथा नेपाल चलचित्र प्राविधिक संघको प्रमुख आयोजकत्वमा सम्पन्न हुन गईरहेको फिल्म मेलालाई सम्पन्न र सफल बनाउन सबै सामु आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरी सफल बनाउन आव्हान गरे ।
प्रवासमा रहेका हामी सम्पुर्ण नेपालीहरुले धर्म जात भन्दा माथि उठेर एकताको पहिचान दिने समय पनि यहि हो भन्दै सबै जना मिलेर अन्तर्राष्ट्रिय कलाकार मञ्चलाई सघाउन पनि अनुरोध गरे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका सहसंयोजक शक्ति क्षेत्रीले नजिकिदै गरेको नेफ्टा फिल्म एवार्ड २०१५ कतारमा रहने नेपालीहरुको लागि जति गर्वको विषय हो, यस कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन कतारमा रहेका सबै संघ संस्था, व्यक्तिहरुको दायित्व पनि हो भन्ने सम्झेर आआफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई अपिल गरे ।

कार्यक्रमका अर्का वक्ता व्यवशायी तथा समाजसेवी आर के शर्माले आफ्नो तर्फबाट यस संस्थाको हरेक अभियानलाई विगतका दिनमा पनि सहयोग गर्दै आएको र यस कार्यक्रम सफल बनाउन आफुले सक्दो सहयोग गरिरहेको र अझ पनि यस संस्थाको यस विशाल अभियान सम्पनार्थ आफ्नो तर्फबाट भूमिका रहने नै छ भनी बताए । नेपाल प्राविधिक चलचित्र संघ तथा अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारले यति भव्य कार्यक्रम कतारमा आयोजना गर्ने साहसलाई सफल बनाउन कतारमा रहने सबैले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नु पर्ने बताए ।

कार्यक्रमलाई सफल बनाउन एन आर एन आइसीसी गल्फ सहसंयोजक पुर्ण केसी, एन आर एन आई सी सी सदस्य उमेश अधिकारी, प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरि गैरे, कास्की आदर्श सेवा समाजका अध्यक्ष आश बहादुर गुरुङ, चानक पोख्रल, क्षेत्री सेवा समाजका हंसराज ढकाल क्षेत्रीले पनि कार्यक्रमलाई सफल बनाउन संस्थागत रुपमा तथा व्यक्तिगत रुपमा आफु सहयोग गर्न तयार भएको बारेमा ऐक्यवद्धता जनाए ।

कार्यक्रमका सभापति भविन्द्र तामाङले सबैको सहयोग गर्ने प्रतिबद्धताले यस कार्यक्रम भव्य रुपमा सफल हुन्छ भन्ने कुरामा आफु ढुक्क भएको बताउँदै सबै संस्थाको ऐक्यवद्धताले मञ्चलाई ठूलो साहस प्राप्त भएको बताए । सो भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम जेरी राईले सञ्चालन गरेका थिए भने रित कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।