३० आश्विन २०८३, शुक्रबार

बन्दले एक लाखभन्दा बढी मजदुर बेरोजगार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tanki-udhyog-fohorमोरङ, ११ भदौ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण मोरङ–सुनसरी ओद्यौगिक करिडोर क्षेत्रका करिब पाँच सय उद्योगमा कार्यरत एक लाखभन्दा बढी मजदुर बेरोजगार भएका छन् ।

उद्योग सङ्गठन मोरङका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरमा बन्दकर्ताले उद्योगधन्दा सञ्चालन गर्न नदिएका मजदुर बेरोजगार भएका हुन् ।

खास गरेर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई समेत दैनिक गुजारा टार्न समस्या पर्न थालेको औद्योगिक मजदुर सीताराम चौधरीको भनाइ छ ।

त्यस्तै मासिक तलब भत्तामा काम गर्नेहरु पनि उद्योगधन्दा सञ्चालन नहुँदा हात मुख जोर्नसमेत मुस्किल पर्न थालेको नयनराज कार्की बताउनुहुन्छ ।

मोरङका व्यापार सङ्घका अनुसार मजदुर–कर्मचारीको तलब, बैंकको ब्याज, भन्सारको ड्यारेज शुल्क, विद्युत्लगायत जोड्दा दैनिक १५ करोड नोक्सानी बेहोरिरहेको छ ।

उत्पादन भएका वस्तु निर्यात गर्नसम्म नपाएको, भारतबाट आयात गरिएको वस्तु यातायात बन्दले गर्दा भन्सार नाकामै थन्किएर बसेका छन् । रासस