३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा भूकम्प पीडितको सम्झनामा रक्तदान 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raktadan-americaअमेरिका । अमेरिकाको वाटर फोर्ड मिचिगनमा गत अगस्त २२ तारिख एव्रेस्ट ते क्वान्दो प्रशिक्षण भवनमा पहिलो पटक नेपालीहरुको प्रयासमा नेपालमा भएको भूकम्प पिडितहरुको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
 
जसमा अमेरिका रेड क्रसको पूर्ण सहयोगमा ज्योति एव्रेस्ट ते क्वान्दो संघ, एनआरएन मिचिगन शाखा र युनि भर्सल नेपलिज ते क्वान्दो फेडेरेसन को सक्रियतामा उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ । 
 
सो कार्यक्रम मिचिगन स्थित जन समुदायहरुको ठुलो जमघट भएको थियो । जसमा ३० जनाले रक्तदान गरेका थिए । यस किसिमको कार्यक्रमले अन्य थप कार्यक्रम गर्न हौसला मिलेको कुरा एन आर एन मिचिगन शाखाका अध्यक्ष जगन लाल श्रेष्ठले बताए ।
 
कार्यक्रमको लागि स्थानीय समाज सेवी शरण श्रेष्ठ, एनआरएन मिचिगनका अध्यक्ष जगन लाल श्रेष्ठ, ज्योति एवेरेस्ट ते क्वान्दोका प्रशिक्षक अमुल गोर्खाली र अन्टिक का महा सचिब लव प्रसाद गोर्खालीको संयोजनमा पहिलो पटक आयोजना गरिएको थियो ।