– विजय थापा
अमेरिका । गैर आवासीय नेपाली संघ, मोजाम्बिकको मोजाम्बिकको बेयरामा सम्पन्न बार्षिक साधारण सभामा सन् २०१५–२०१७ का लागि बासुदेव घिमिरेको नेतृत्वमा नया राष्ट्रिय समन्व परिषद सर्ब सम्मतीले चयन भएको छ ।
गैर आवासीय नेपाली संघ, अफ्रीकाका क्षेत्रिय संयोजक हिक्मत थापाका अनुसार मोजाम्बिकबाट अन्तराष्ट्रिय समन्वय समितिको सदस्यमा याम प्रसाद सुबेदीले प्रतिनिधित्व गर्नु हुनेछ ।
त्यसैगरी उपाध्यक्ष महेन्द्र चापागाईं, महासचिव अर्जुन बश्याल, सचिव किशान राइमाझी, कोषाध्यक्ष प्रकाश बश्याल र युवा प्रतिनिधिमा प्रेम बिसी निर्बाचित हुनु भएको छ ।
साथै कार्यसमिति सदस्यहरुमा बिष्णु श्रेष्ठ, रमेश चापागाईं, राजन न्यूपाने, भोजराज चापागाईं, टेक प्रसाद बश्याल, यादब बश्याल र रमेश पौडेल निबाचित हुनु भएको छ ।















प्रतिक्रिया