२९ आश्विन २०८३, बिहिबार

थारु आन्दोलनकारीले मारेका यी दुई वर्षीय बालकको के दोष थियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailali-children-death

समाचार/टिप्पणी

– कमलराज भट्ट

जब-जब देशमा संविधान र संघीयताका कुरा उठ्छन् तब बन्द, हड्ताल, आमहड्ताल हुने गर्छन् । नेपालमा लोकतन्त्र हुँदै गणतन्त्रको युगसम्म आइपुग्दा बन्द, हड्ताल आमहड्ताल गर्ने परम्परा रही आएको छ ।

पछिल्लो समय नेपालमा संघीय संरचनासहितको संविधान बनाउने कसरत गरिँदैछ । त्यही संविधानमा आफ्ना माग समेट्नुपर्ने माग राख्दै विभिन्न समुदायहरु आन्दोलनमा छन् । विशेषगरी तराई–मधेस केन्द्रीत दल र थारु समुदायहरु अहिले आफ्नो अधिकार प्राप्तिका लागि लडिरहेका छन् । हो, आफ्नो अधिकार खोज्नु जायजै हो । तर, कैलालीको टिकापुरमा जे भयो, सम्पूर्ण नेपालीलाई लज्जित बनाउने काम मात्रै भयो ।

चरी र कुमार घैटेँ मारिँदा सडक र संसदमा रुवाबासी गर्ने नेताहरुले यी अबोध बालकका हत्यारालाई कारबाही गराउन के गर्लान् ? मानवअधिकार आयोगसम्म पुग्लान कि नपुग्लान ?

कैलालीको टीकापुरमा थरुहटका कार्यकर्ताको आक्रमणमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित ८ जना प्रहरी मारिए । उनीहरुको निमर्मतापूर्वक हत्या गरियो । देश र जनताको शान्ति सुरक्षामा खटिएका प्रहरीमाथि भाला, बञ्चरो लगायतका घरेलु हतियारले आक्रमण गरी हत्या गरियो । जून निकै निन्दनीय कदम हो । थरुहट र प्रहरीकै भीडन्तमा एक जना दुई वर्षीय बालक पनि मारिए ।

घरमा सुतिरहेका टपेन्द्र साउदको गोली प्रहार गरी प्राण लुटियो । मुटु नै सिरिंग हुने गरी यी अबोध बालकको हत्या गरिएको यो । यिनका बाबु प्रहरी थिए, जो कर्तव्यपालनका लागि खटिएका थिए । आखिर यिनको के गल्ती थियो ? बाबु प्रहरी भएकै कारण यिनको ज्यान लिएर आन्दोलनकारीले के पाउँछन् ? अबोध बालकको हत्या गरेर कस्तो अधिकार खोजिएको हो ? यसको उत्तर तिनै आन्दोलनकारीले दिनुपर्छ ।

आन्दोलनकारीको भाषामा उनी मारिनुमा एउटा कारण छ कि उनी शसस्त्र प्रहरीका हवल्दारका सन्तान थिए । हवल्दार नेत्रबहादुर साउदका छोरा हुन् टपेन्द्र । घरको छतमा सुताइराखिएको अवस्थामा केही व्यक्ति भित्रै छिरेर बालकलाई गोली हानेको प्रत्यदर्शीले बताएका छन् ।

यसरी बालकमाथि विना कारण गोली हान्नु मानव अधिकारको ठाडो उल्लघन हो । यिनको हत्यामा जो जो संलग्न थिए, तिनीहरुलाई सरकारले कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्छ । तब मात्रै उनीमाथि न्याय हुनेछ । तब मात्रै कानुनी राज्य भएको महसुस हुनेछ । नत्र यस्ता घटना फेरि पनि दोहोरिनेछन् । राजनीतिका नाममा अपराधले पश्रय पाउनेछ । चरी र कुमार घैटेँ मारिँदा सडक र संसदमा रुवाबासी गर्ने नेताहरुले यी अबोध बालकका हत्यारालाई कारबाही गराउन के गर्लान् ? मानवअधिकार आयोगसम्म पुग्लान कि नपुग्लान ? हेर्न बाँकी छ ।