काठमाडौं, ५ भदौ । कैलालीको टीकापुर बजार क्षेत्रमा नेपाली सेनासहितका सुरक्षाकर्मी सडकमा उत्रिएपछि शान्तिसुरक्षा बनाइराख्न सहज भएको छ । सुरक्षाकर्मी सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
स्थानीय प्रशासनले टीकापुरमा शान्तिसुरक्षा कायम गर्न दङ्गाक्षेत्र घोषणा गरेपछि नेपाली सेना परिचालन गरिएको हो । टीकापुरमा कर्फ्यु पनि जारी गरेको छ । कर्फ्यु जारी रहेपछि बाहिर प्रदर्शनकारी देखिएका छैनन् ।
टीकापुरका प्रहरी नायव उपरीक्षक धनबहादुर कठायतका अनुसार टीकापुरको शान्तिसुरक्षा अहिलेसम्म सुरक्षा निकायको नियन्त्रणमै छ ।
‘सोमबारको घटनापछि टीकापुरमा दङ्गाक्षेत्र घोषणा गरिएको छ’, नायव उपरीक्षक कठायतले भन्नुभयो, ‘सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । अहिलेसम्म प्रदर्शनकारीहरू देखिएका छैनन् ।’
सोमबार राति बजार क्षेत्रमा केही पसल र घर तथा तरकारी बजारमा तोडफोड एवम् आगजनी भएको स्थानीयले बताएका छन् ।
सोमबार भएको हिंसात्मक आक्रमणमा परेर प्रहरी कर्मचारीहरूको मृत्यु भएपछि स्थानीय प्रशासन ऐनअनुसार शान्तिसुरक्षा कायम गर्न नेपाली सेना परिचालन गरिएको हो ।












प्रतिक्रिया