२१ कार्तिक २०८३, शनिबार

थारु संघर्ष समितिको अपील, ‘आन्दोलन नियन्त्रित, निर्देशितअनुसार शान्तिपूर्ण गरौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailali-children-deathकाठमाडौं, ७ भदौ । थरुहट/थारुवान संयुक्त संघर्ष समितिले दासत्वबाट मुक्तिका लागि संघर्षरत निहत्था आन्दोलकारीमाथि सरकारले अन्धाधुन्ध गोली चलाइ सामूहिक हत्या गरेको आरोप लगाएको छ ।

समितिले सोमबार बेलुका विज्ञप्ति जारी गरेर सरकारले थारु आन्दोलनकारीलाई नियोजित षड्यन्त्र गरेर आन्दोलनकारीमाथि दमन गरेको आरोप लगाएको हो ।

‘जारी अहिंसात्मक एवम् शान्तिपूर्ण थरुहट/थारुवान संघर्ष समितिको तेस्रो चरणको आनदोलनको क्रममा कैलाली जिल्ला टीकापुर क्षेत्रको मनवा, लीलम चौराहालगायत थरुहट/थरुवानका विभिन्न जिल्लाहरूमा भइरहेका प्रहरी प्रशासनको निर्मम दमन, हत्या, हिंसा, आगजनी, घर तोडफोड, सामाजिक, साम्प्रदायिक संहिष्णुता बिथोल्ने नियोजित षड्यन्त्रप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, संघर्ष समितिका संयोजक धनीराम चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण राष्ट्रिय मुक्ति आन्दोलनको क्रममा वर्षौंदेखिको आन्तरिक उपनिवेशीकरण एवं मुक्ति, पहिचान, प्रतिनिधित्वसहित स्वायत्त थरुहट/थारुवानसहितको संघीयता र दासत्वबाट मुक्तिका लागि संघषरत निहत्था आन्दोलकारी पुरुष एवम् महिलामाथि अन्धाधुन्ध गोली चलाइ सामूहिक हत्याको घोर निन्दा एवम् भत्र्सना गर्दछौं ।’

थारु संयुक्त संघर्ष सशस्त्र प्रहर र नेपाली सेनाको परिचालन बन्द गर्न माग गरेको छ । ‘शान्ति सुरक्षा र कानुनी अधिकारको नाममा थप नियाजित हत्या एवम् हिंसा गर्ने षड्यन्त्र राज्यबाट अविलम्ब गरिनुपर्दछ’, समितिले भनेको छ, ‘हामी हाम्रो जारी आन्दोलनलाई नियन्त्रित, निर्देशित कार्यक्रमअनुसार शान्तिपूर्णरुपमा सम्पूर्णरुपमा थरुहट/थारुवान क्षेत्रमा थप व्यवस्थित, प्रभावकारी एवं उचाइमा पुर्‍याउँदै जनआन्दोलनको स्वरुपमा बदल्न आह्वानसमेत गर्दछौं ।’

संयोजक चौधरीले कैलालीको टीकापुरमा मृत्यु र शहीदहरूप्रति दुःख एवं संवेदना व्यक्त गर्दै आश्रित परिवारलाई जीविकोपार्न एवं भएको सम्पूर्ण भौतिक सम्पत्तिको न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेका छन् ।Tharuhat 7 gate bhadra