काठमाडौँ, ७ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकले अर्थमन्त्री डा रामशरण महतद्वारा प्रस्तुत ‘विनियोजन विधेयक, २०७२ लाई पारित गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले पारित ग¥यो ।
यसैगरी उहाँले नै प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत ग¥यो । बैठकमा अर्थमन्त्री डा महतद्वारा प्रस्तुत ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७२ माथि विचार गरियोस्’ भनी प्रस्तावलाई पनि बहुमतले स्वीकृत ग¥यो ।
आर्थिक विधेयक, २०७२ माथि दफावार छलफलका लागि सभामुख सुवास नेम्वाङले भदौ १५ गते दिन तोक्नुभयो । व्यवस्थापिका–संसद्को अर्काे बैठक यही भदौ १५ गते मङ्गलबार बस्नेछ । रासस















प्रतिक्रिया