धनगढी, ७ भदौ । कैलालीको टीकापुरमा प्रहरी र थरुहटका कार्यकर्ताबीच भएको दोहोरो भीडन्तमा परी १७ प्रहरी सहित २० जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार टीकापुरमा थरूहट समर्थक आन्दोलनकारी र प्रहरीबीच भएको भीडन्तमा १७ प्रहरीसहित ३ जना आन्दोलनकारी मारिएका हुन् ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर ठकुरीले १७ प्रहरी र ३ जना आन्दोलनकारीको मृत्यु भएको बताए । ‘१७ प्रहरी र ३ जना प्रदर्शनकारी मृत्यु भयो भनेर खबर आएको छ यद्यपी पुष्टि हुन अझै बाँकी छ ।’ घटनाको विस्तृत विवरण आउन अझै केही समय लाग्ने उनको भनाई छ ।
यसअघि प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने र दुई इन्सपेक्टरसहित चार प्रहरी मारिएको पुष्टि भएको थियो ।












प्रतिक्रिया