धनगढी, ७ भदौ । कैलालीको टिकापुरमा प्रहरी र आन्दोलनकारीबीच भएको दोहोरो भीडन्तमा परी नेपाल प्रहरीमा एसएसपी र इन्पेक्टरसहित दर्जनौको हताहाती भएको छ ।
प्रदर्शनले उग्र रूप लिएपछि एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बलराम विष्ट, केशव बोहरामाथि प्रदर्शनकारीले घरेलु हतियारले आक्रमण गरेका छन् ।
कैलालीका प्रहरी प्रवक्ता डीएसपी विश्व खड्काका अनुसार एसएसपीका बडिगार्डको पनि मृत्यु भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।












प्रतिक्रिया