२१ कार्तिक २०८३, शनिबार

आदिवासी जनजातिको नेपाल बन्द फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band-bhairhawa (3)

– अनिल खत्री
गुल्मी, ७ भदौ । नेपाल आदिवासी जनजाति महासघंले आह्रवान गरेको नेपाल बन्द गुल्मीमा फिर्ता भएको छ ।

संघले गुल्मीमा पत्रकार सम्मेलनको आयोजना गरि आजको गुल्मी बन्द फिर्ता लिईएको जानकारी गराएको हो । दुई दिने नेपाल बन्द अन्तर्गत सोमबारको बन्द गुल्मी उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ नागरिक समाज र मानब अधिकारकर्मीले आजको बन्द फिर्ता गरिदिन आग्रह गरेकाले बन्द फिर्ता गरिएको अध्यक्ष गनबहादुर गुरुङले जानकारी दिए ।

बन्द खुले सगै गुल्मीमा सार्वजनिक तथा निजी सवारीका साधनहरु चलेका छन् भने बजार, कलकारखाना, शिक्षण संस्था, फर्निचरहरु सुचारु भएका छन् । गुल्मी बन्द फिर्ता भएपनी अन्य ठाउँमा बन्द भएकाले लामो दुरीका सवारीका साधनहरु भने छुटेका छैनन् ।

पहिचानका आधारमा प्रदेशहरुको सीमांकन गनुपर्ने, आदिवासी जनजाती आयोग गठन गर्नुपर्ने लगायतका मागहरु राख्दै आदिवासी जनजाती महासघंले दुई दिन नेपाल बन्दको आह्रवान गरेको छ ।