३० आश्विन २०८३, शुक्रबार

तमु प्ये ल्हु संघ यूएईको समर बर्बिक्यु कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tamu-uae-1

यूएई । शुक्रबार दुबइको जबील पार्क स्थित तमु प्ये ल्हु संघ युएईको समर बर्बिक्यु तथा बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष मुक्ती टु क्ल्हेप्री तमुको सभापतित्व सम्पन्न कार्यक्रमको संयोजन महासचिब भिम लम तमुले गरेको थियो । बर्बिक्यु कार्यक्रमका मुख्य अतिथी संघका प्रमुख संरक्षक भु पु कर्नेल सुबिराज चोर्मी तमु थियो भने संरक्षक टक लम् तमु, प्रमुख सल्लाहकार यम प्रसाद क्यप्छे तमु, भू पु अध्यक्ष एबम सल्लाहकार एकजङ प्ल्हेमे तमु, नेपाल जनजाती महासंघ यूएईका अध्यक्ष डेरराज लम् तमु, तमु समाज युएईका अध्यक्ष उषा तमुस्यो साथै प्रमुख सल्लाहकार राजु तमु,तमाङ समाज युएईका कार्यकारी अध्यक्ष महेश मोक्तान,याख्थुम चुम्लुङ युएईका अध्य्क्ष सरोज पङ्हङो र लम्जुङ्ग सम्पर्क समिति युएईका अध्यक्ष राजु घले लगायतका अतिथिहरु रहेका थिए भने उपस्थित सबैलाई संघ संरक्षक टक लम तमुले हार्दिक स्वागत गर्दै धन्यवाद दिएको थियो । सो कार्यक्रम संघका महासचिब भिम लम् तमुले संचालन गरेको थियो ।

tamu-uae

लामो समयदेखी यूएईमा कार्यरत भू पु सल्लाहकार शिब लम् तमु कर्मथलोलाइ बिट मार्दै जन्मभूमि नेपाल प्रस्थान गर्न लागेको अवासारमा बिदाई एबम सम्मान गरिएको थियो भने हालै तमु प्ये ल्हु संघ केन्द्र नेपालबाट सम्पन्न गोरखा जिल्लाको विभिन्न गुरुङ गाउँहरु पाँचखुवा, देउराली, अमले, आरुआर्वाङ, कल्लेरी, भोक्टेनी, आपृक गाउँ र मनकाना गाविस स्थित करन्टार गाउँहरुमा पहिलो पटक ऐतिहासिक तमु जातीको भाषा, धर्म र संस्कार सस्कृति सम्बन्धी प्रचार प्रसार एबम जनचेतनामुलक कार्यक्रम प्ये ताँ ल्हु ताँ विचार विमर्श अभियानलाई बिदेशी भुमिबाट उल्लेखनीय सहयोगी भुमिका निभाउनु हुने गोरखा जिल्ला कल्लेरी गाउँ भई हाल तमु प्ये ल्हु संघ युएई साखाका सदस्य तथा युवा समाजसेवी तिलक तमुलाई क्रेगि तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।

बिगतको बर्षहरुमा झै यस वर्ष पनि युएइमा छरिएर रहेको सम्पूर्ण तमुहरु लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनिहरुको बाक्लो उपस्थीति रहेको कार्यक्रमको मुख्य प्रायोजान भु पु अध्यक्ष तथा सल्लाहकार एकजङ प्ल्हेमे तमुले गर्नु भएको थियो भने प्रमुख सल्लहकार यम प्रशाद क्याप्छे तमु, सचिब मिन तमु, कोषाध्यक्ष मनु भ्लोब्लो तमु,सदस्य लालसुब्बा थिमे तमु र खेल प्रमुख श्याम तमु लगायतले गरेका थिए ।