२१ कार्तिक २०८३, शनिबार

राजधानीमा आदिवासी जनजातिको बन्दको प्रभाव न्युन, बिहानैदेखि चहलपहल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banda-Ma-Gadiकाठमाडौं, ७ भदौ । आदिवासी जनजाति महासंघको दुई दिने नेपाल बन्दको दोस्रो दिन राजधानीमा बन्दको प्रभाव अत्यन्त न्युन देखिएको छ ।

राजधानीका तीन वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सवारीका सधान बिहानैदेखि चलेको महानगरीय ट्राफिक प्रहरी रामशाहपथले जनाएको छ ।

अन्य दिनको तुलनामा सवारी साधनको उपस्थिति सडकमा न्यन रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

यता, आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले आफूहरूको नेपाल बन्द शान्तिपूर्ण रहेको बताउनुभयो ।

उहाँले राजधानीमा केही सवारी साधन चले पनि बाहिरी जिल्लाहरू ठप्प रहेको बताउनुभयो । ‘राजधानीमा फाटफुट सवारी साधन चलेको पाएका छौं’, उहाँले भन्नुभयो, ‘उपत्यका बाहिर हाम्रो बन्द सफल भएको छ ।’

बन्दको प्रभाव न्यन भएपछि राजाधनीमा भाडाका सवारी साधन पनि उल्लेख्य चलेका छन् । हिजो आइतबारको तुलनामा आज राजधानीमा चहलपहल अलि बढी रहेको छ ।