९ कार्तिक २०८३, सोमबार

चीनियाँ सहायक मन्त्रीले एकाएक केपी ओलीलाई किन भेटे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौँ, ६ भदौ । नेपाल भ्रमणमा रहेको चीनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सहायक मन्त्री दोउ इन्योङ नेतृत्वको टोलीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

गोकर्ण फरेष्ट रिसोर्टमा आज साँझ भएको भेटका क्रममा अध्यक्ष ओलीले उहाँलाई लोकतान्त्रिक, न्यायपूर्ण र परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने संविधान जारी गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो ।

भेटवार्तामा एमाले महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, पोलिटव्यूरो सदस्य विष्णु रिमाल, केन्द्रीय कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ र प्रचार विभागका उपप्रमूख सूर्य थापा सहभागी हुनुहुन्थ्यो ।

भेटवार्तामा सहायक मन्त्री इन्योङका साथमा विदेश विभागका महानिर्देशक हु युन लिङ, विदेश मन्त्रालयका प्रथम सचिव लिन ताओ, विदेश विभागका डिभिजन उपप्रमुख साओ लियाङलगायत छ सदस्यीय टोलीको सहभागिता थियो ।

चीनियाँ पक्षले द्विपक्षीय हितका लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको प्रचार विभाग सचिव थापाले जानकारी दिनुभयो । आजै, नेपाल आएलगत्तै एमाले नेतृत्वसँग भेटवार्ता गरेको चिनियाँ टोलीले सोमबार अन्य दलका नेतासँग भेटवार्ता गर्नेछ । रासस