काठमाडौं, ६ भदौं । नेपाली कांग्रेसका सभासद तथा युवा नेता गगन थापा गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ इन्काउन्टर प्रकरणलाई लिएर राष्ट्रिय मानव अधिकार आयोग गएका छन् ।
आइतबार युवा नेता थापासहित कांग्रेसका सभासद जगदिश्वरनर सिंह केसी र भीमसेनदास प्रधानले मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई पुल्चोक कार्यालयमा भेटेर घटनाको छानविन गर्न आग्रह गरेका छन् ।
आयोगका अनुसार घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गर्दै उनीहरुले सहयोगको अपेक्षा राखेका थिए । भेटमा आयोगका अध्यक्ष शर्माले घैंटेको पोष्टमार्टम रिपोर्ट अन्य प्रमाणका आधारमा समन्वय गरेर छानविन गर्ने वचन दिएका छन् ।
आयोगमा पुगेर उनीहरुले कुमार घैँटेले आफूमाथि सुरक्षा खतरा रहेको भन्दै यसअघि नै आयोगमा उजुरी दिएको प्रसंग समेत निकाल्दै प्रहरीले सुनियोजित रुपमा हत्या गरी ‘इन्काउन्टर’को नाम दिएको आरोप लगाउँदै घटनाको छानविन गरिदिन आग्रह गरेका थिए ।
बिहीबार काठमाडौंको कपुरधारामा प्रहरी इन्काउन्टरमा गुन्डा नाइके घैँटे मारिएका थिए ।












प्रतिक्रिया