३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा प्रथम नेपाली गल्फ प्रतियोगिता सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

golf 3

वाशिंटन डिसी । अमेरिकाको राजधानी वाशिंङ्टन डिसीमा ऐतिहासिक “प्रथम नेपाली गल्फ प्रतियोगिता’ सम्पन्न भएको छ । नेपालमा हालै गएको विनाशकारी भूकम्पबाट हुनगएको ठूलो क्षति लाई पुनर्निर्माण गर्न र नेपाली जनतालाई सहयॊग गर्ने उद्देश्यले ‘नेपाल स्पोर्टस एण्ड कल्चर इन्टरनेशनल’द्वारा आयोजना भएको सो प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले एक समारोहकाबीच गर्नुभएको थियो ।

मेरिल्याण्ड स्थित ब्लू माश गल्फ कोर्समा संचालन भएको सो प्रतियोगितामा पर्ल रेग्मी, प्रकाश राना, क्रिस घिमिरे र मुनान्चु पौडेलको टोली प्रथम भएको थियो । राजदूत कार्की स्वयंले पनि करिब चार घण्टा सम्म भाग लिनु भएको उक्त प्रतियोगितामा गल्फ संयोजक तथा आयोजक संथाका कोषाधक्ष्य केमिका भण्डारी र तरुण पौडेलको टोली दोस्रो भएको थियो । सो प्रतियोगितामा अमेरिकाको इन्डियन हेड सहरको उप नगर प्रमुखमा हालै मात्र निर्बाचित भएका किरण सिटौलाले पनि विशेष अतिथिको रुपमा भाग लिनुभएको थियो भने उहाँको टोली तेस्रो भएको थियो ।

तेस्रो हुने समुहका अन्य सदस्यहरूमा प्रकाश नेपाल, बिमल खड्का (नेपाल बाट भाग लिनका लागि आउनु भएका नेपाल च्याप्टरका अध्यक्ष) र ओजस्वी पाण्डे हुनुहुन्थो । उक्त प्रतियोगितामा आयोजक संस्थाका अध्यक्ष सीता पाण्डे ले सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्दै खेलकूदको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

उहाँले स्पोर्टस पर्यटकको माध्यमबाट नेपालको बिकासमा सघाउ पुर्याउन सकिने र अर्को तर्फ बिदेशमा रहेका नेपाली मुलका युवा पुस्तालाई नेपाली भाषा, संस्कृति सित खेलकूदको माध्यम सजिलै आकर्षित गर्न सकिने बताउनुभयो । अत्यन्त रोचक उक्त प्रतियोगितामा एनआरएन यूयसएका उपाध्यक्ष रबिना थापा, बानाका अध्यक्ष कुलमणि आचार्य, नेपाली राजदूताबासका आर्थिक सल्लाहकार कैलाशराज पोखरेल, श्रीमती राजदूत गौरी कार्की ठकुरी, वरिष्ठ पप सम्राट ओम बिक्रम बिष्ट, आन्वाका निबर्तमान अध्यक्ष बिष्णु कुमारी थापा, कास्की समाजका अध्यक्ष नारायण थापा, कपिल सिटौला, राहुल रिसाल, पत्रकार खेम भट्टचन लगायत थुप्रै खेलाडीहरुको सहभागिता थियो ।

golf 1  golf 4