९ कार्तिक २०८३, सोमबार

आजको भूकम्पबाट बालिकाको मृत्यु, महिला गम्भीर घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । नेपालमा आइतबार दोलखा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट रौतहटमा एक बालिकाको मृत्यु भएको छ ।  दोलखामा एक महिला घाइते भएकी छिन् ।

रौतहटको जटाहरा–२ बस्ने राम बिनोद पण्डितको ३ बर्षीया छोरी काजल कुमारी पण्डितको भूकम्पको धक्काले घरको पर्खाल भत्किदा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो घरबाट बाटोमा जाने क्रममा सोही ठाउँ बस्ने गरिब पण्डितको माटोको भित्ता भएको घर भत्कदा च्यापिएर उनको मृत्यु भएको हो ।

यस्तै, आजको भूकम्पबाट दोलखामै एक महिला घाइते भएकी छिन् । दोलखाको खारे गाविस वडा नम्बर ६ घर भएकी ४६ वर्षीया दुर्गा गुरुङ घाइते भएका हुन् । वैशाख १२ को भूकम्पबाट भत्किएको घर नजिकै काम गरिरहेकी उनको खसेको ढुङ्गा लागेर हात भाँचिएको हो ।

दोलखालाई केन्द्रविन्दु बनाएर आज दिउँसो ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।