९ कार्तिक २०८३, सोमबार

रोजगारीका लागि जापान र अमेरिका पठाइदिन्छु भनि ठगी गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorकाठमाडौं, ६ भदौ । रोजगारीका लागि जापान र अमेरिका पठाइदिन्छु भनि ठगी गर्ने अभियुक्त पक्राउ परेका छन् ।

वैदेशिक रोजगार कसुर मुद्धामा १ वर्ष ६ महिना कैद १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएका फरार अभियुक्त ललितपुर उपमहानगरपालिका–१८ मंगलबजार बस्ने ३७ वर्षीय प्रविण श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार पुतलीसडकबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०७१ पुष ६ गतेको फैसलाले उनलाई सजाय तोकेको थियो । प्रहरीले फैसला कार्यान्वयनको लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा श्रेष्ठलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा पठाएको छ ।

श्रेष्ठले आकर्षक बैदेशिक रोजगारका लागि प्रेम श्रेष्ठबाट ७ लाख र सम्झना साखबाट ४ लाख रुपैयाँ लिई पीडितहरुलाई कुनै रोजगारीमा नपठाई रकम ठगी गरेका थिए । काठमाडौं जिल्ला अदालतले पीडित जाहेरवालाहरुलाई ठगी गरेको बिगो रकम र ५० प्रतिशत हर्जना समेत गरी १६ लाख ५० हजार भराई दिने फैसला गरेको थियो ।