– सुदीप अधिकारी
बर्दिया, ६ भदौ । बर्दियामा प्रदर्शनकारी र प्रहरीबीच आइतबार दिउँसो झडप भएको छ । झडपमा १२ प्रदर्शनकारी र ३ प्रहरी घाइते भएका छन् ।
प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी थरुहट स्वायत्त प्रदेश लेखिएको पोष्टर टास्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच झडप भएको प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुँवरले जानकारी दिए । भिड अनियन्त्रित भएपछि नियन्त्रणका प्रहरीले १२ राउण्ड अश्रुग्यास फाएर गर्नुका साथै लाठिचार्ज गरेको थियो ।
प्रहरीको अश्रु ग्यास र लाठि चार्ज पछि सदरमुकाम केहीबेर तनावग्रस्त बनेको थियो । केहीबेर पछि स्थिती सामान्य बन्दै गएपछि पुनः प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभा गरे ।
कन्चनपुरदेखि चितवनसम्मको भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने माग राख्दै थरुहट÷थरुवान मधेशी मोर्चा १३ दिनदेखि आन्दोलनमा उत्रेको छ । पछिल्लो पटक शंसोधन गरिएको सिमाकंनमा समेत आफुहरुकोमाग संबोधन नभएको भन्दै थरुहट÷थरुवान र मधेशी मोर्चाका कार्यक्रता अझै आक्रोशित भएका छन् ।
















प्रतिक्रिया