काठमाडौँ, ६ भदौ । त्रिभुवन विमानस्थलबाट प्रहरीले ११ टुक्रा तथा सात चुरा गरी एक किलो ४८ ग्राम सुनसहित १२ जनालाई प्रक्राउ गरेको जनाएको छ ।
दुबइको उडान नम्बर ५७३ मा दुबइबाट काठमाडौँ आगमन भएका उनीहरुले शनिबार राति भन्सार छली करिब रु ४६ लाख ३६ हजार ३५२ बराबरका सुन ल्याएका थिए ।
पक्राउ पर्नेहरुमा सप्तरी बराह–७ नेगाडागाका सञ्जयदेव यादव, सिन्धुपाल्चोक केउरेनी–९ दुवाचौरका रमेश गिरी, इलाम पञ्चकन्या–४ का गोपालप्रसाद निरौला, सर्लाही मूर्तिया–३ का गोविन्दप्रसाद घिमिरे, काठमाडौँ बटुटोलका विजेश शाक्य, दोलखा ध्यावापानीका प्रकाश घतानी, सल्यान जिउला–३ का प्रवीन बस्नेत, सिन्धुपाल्चोक प्रभात बस्तीका युद्ध खड्का, तनहुँ गल्बुबेंशी १ का सुजित पौडेल, रुपन्देही शिवनगर–९ का विक्रम नेपाल, ललितपुर गोटीखेल–४ का दिनेश घले र ललितपुर धौगलका समिर महर्जन रहेका छन् ।
उनीहरुलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भन्सार जातपश्चात प्रिपेड ट्याक्सी काउन्टर अगाडि प्रहरीले जाँच गर्दा उक्त परिणामको चुरा र सुनको टुक्रा बरामद भएको थियो ।
बरामद सुनसहित उनीहरुलाई आवश्यक कानुनी कारबाहीको लागि भन्सार कार्यालय सिनामङ्गल पठाइएको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया