९ कार्तिक २०८३, सोमबार

अखण्ड बागलुङको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung– रबिना बोहरा
बागलुङ, ६ भदौ ।सात प्रदेशमा सहमति गरेका शीर्ष नेताहरुले दोस्रो पटक पनि बागलुङ जिल्लालाई २ प्रदेशमा टुक्र्यिाएको भन्दै जिल्लाका पश्चिमी भेगका नागरिकहरुले अखण्ड बागलुङको माग गरेका छन् ।

दलहरुले दोस्रो पटक प्रदेशको सीमाङकन गर्ने क्रममा पनि बागलुङ जिल्लालाई विभाजन गरी दुईवटा प्रदेशमा राखेर संविधानको मस्यौदा संविधानसभालाई बुझाएपछि बिवादित बनेको बागलुङको पश्चिम क्षेत्र नटुक्राउन माग गर्दै स्थानीयबाटै बिरोध सुरु भएको हो ।

शीर्ष नेताहरुले बागलुङ जिल्ला नटुक्राइने मौखिक आश्वासन दिए पनि दोस्रो पटक ७ प्रदेश निमार्ण गर्ने क्रममा बागलुङलाइ उस्तै स्वरुपमा विभाजन गरीएकाले आफूहरुलाइ मान्य नभएको स्थानीय नागरिक भीमसेन बनले बताए ।

सीमाङकनमा बागलुङ जिल्लाकोे मात्र स्पष्ट सिमा उल्लेख नगरी अमुर्त रुपमा पश्चिम र पुर्व भनिएकाले यो निर्णय प्राकृतिक, सांस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्र ढोरपाटनलाई बागलुङबाट अलग गराउने षड्यन्त्र भएको उनको भनाइ छ ।

बागलुङलाई अखण्ड जिल्ला कायम नगरिएसम्म थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानीय गीता श्रीषले बताइन् ।