९ कार्तिक २०८३, सोमबार

वामदेवले प्रधानमन्त्रीलाई भने-‘देशैभरी शान्ति सुरक्षा कडा छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-bamdev1काठमाडौँ, ६ भदौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले मन्त्रिपरिषद्को आजको बैठकमा प्रमुख चार राजनीतिक दलबीच सङ्घीय प्रदेशको सीमा निर्धारणपछि उत्पन्न परिस्थिति र मुलुकको समग्र शान्ति सुरक्षाको स्थितिका बारेमा जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री गौतमले देशका विभिन्न ठाउँमा संविधान निर्माणको क्रमसँग जोडिएका घटनाक्रमबारे जानकारी गराउनुभएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

“संविधान बनाउने काममा सबैको सहमति जुटाउनका लागि वार्ताको माध्यमबाट अघि बढ्ने कुरा हो । घटनाहरु भए दुःखद हुन् तर सबैले यस्ता कुरालाई सडकबाट नभई शान्तिपूर्ण रुपमा टुङ्गो लगाउनुपर्छ यस्ता दुःखद घटनाहरु कही पनि नहुन, राजनीतिक प्रक्रिया राजनीतिक रुपबाटै अघि बढोस्, संविधान निर्माण प्रक्रिया संविधानसभाबाटै अघि बढोस् भन्नेबारे बैठकमा समीक्षा भयो” –सञ्चारमन्त्री डा रिजालले भन्नुभयो ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय दलित आयोगको सदस्यमा मञ्जित ताम्राकार र गोविन्द सुनारलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

त्यस्तै फोहर महिला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको कार्यकारी निर्देशकमा विश्वमणि ज्ञवालीलाई नियुक्ति गर्ने निर्णय भएको मन्त्री डा रिजालले जानकारी दिनुभयो । रासस