२१ कार्तिक २०८३, शनिबार

दोलखा केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolakha-dristicकाठमाडौं, ६ भदौ । नेपालमा आइतबार फेरि भूकम्प गएको छ ।

आज दिउँसो २ बजेर ४७ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको कडा धक्काले दोलखामा स्थानीयको भागदौड मच्चिएको छ । दोलखाबाट पत्रकार नविन खतिवडाले दिएको जानकारी अनुसार भूकम्पको धक्काले भागदौड मच्चिएपनि अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन् ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नेपालमा चार रेक्टर स्केल माथिका ४ सय धक्काहरु गइसकेका छन् । अझै पनि भूकम्पका धक्का आउने क्रम रोकिएको छैन् ।

Bhukampa-dolakha