काठमाडौं, ६ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसमक्ष सद्भावना पार्टीका तीनजना सदस्यले सामूहिक राजीनामा दिनुभएको छ ।
संविधानसभा सचिवालयमा आज राजीनामा पेस गर्ने उक्त दलका सभासद्हरुमा लक्ष्मणलाल कर्ण, विमलकुमार केडिया र शैलकुमारीदेवी हुनुहुन्छ ।
फौज्दारी अभियोगमा कारावासको सजाय भोगिरहेका सञ्जयकुमार साहबाहेक अन्य दुईजनाले पनि लिखित राजीनामा आजै पेस गर्ने उक्त दलका नेता लक्ष्मणलाल कर्णले बताउनुभयो ।
जनताद्वारा गठित संविधानसभाबाटै संविधान जारी गर्ने हाम्रो प्रतिबद्धता हुँदाहुँदै जनअधिकार हनन हुने षड्यन्त्र भएको आफूहरुलाई लागेको बताउँदै उहाँले जनभावनाको अपमान हुने गरी संविधानसभामा बसिरहनु उपयुक्त नभएकाले राजीनामा पेस गरिएको प्रष्ट गर्नुभयो । रासस













प्रतिक्रिया