२१ कार्तिक २०८३, शनिबार

आन्दोलनका कार्यक्रम घोषणा गरेपछि गच्छदारलाई फकाउँदै शीर्ष नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

meeting-4-partyकाठमाडौँ, ६ भदौ । नयाँ संविधानमा सङ्घीयताको सीमाङ्कनको पछिल्लो प्रस्तावमा देखिएका असन्तुष्टिबारे मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसहित प्रमुख चार दलका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

गत शुक्रबार संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको विशेष समितिको बैठकमा छ प्रदेशबाट सात प्रदेशमा जाने तीन दलको सहमति भएपछि असन्तुष्ट भई अध्यक्ष गच्छदार समितिबाट बाहिरिनुभएको थियो ।

बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल एवम् एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ ।

फोरम लोकतान्त्रिकका तर्फबाट भने गच्छदारमात्र सहभागी हुनुहुन्छ । संविधानको अन्तिम मस्यौदासहितको विधेयकलाई मस्यौदा समितिले आज साँझ बस्ने संविधानसभाको बैठकमा टेबुल गर्दैछ । रासस