२१ कार्तिक २०८३, शनिबार

न्यायाधीश रणबहादुर बमका हत्यारा मगरलाई साउदीबाट काठमाडौं ल्याइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjay-magar-sutter

काठमाडौं, ६ भदौ । सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न अभियुक्त संजय स्माइली मगरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले साउदी अरबबाट आइतबार काठमाडौं ल्याएको छ ।

हत्यारा मगरलाई शुक्रबार साउदी सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को जिम्मा लगाएको थियो । साउदी अरबमा पक्राउ परेका स्माइलीलाई नयाँदिल्ली हुँदै आइतबार विहान सवा ९ बजेतिर एयर इण्डियाको विमानबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

मगरलाई लिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली गत मंगलबार साउदी अरब गएको थियो । बमको हत्यामा संलग्न मगर इन्टरपोलको सहयोगमा गत चैत्र १० गते साउदीमा पक्राउ परेका थिए । चैत १० मा पक्राउ मगरलाई पाँच महिनापछि नेपाल ल्याइएको हो ।

सर्वोच्च अदालतका तत्कालीन न्यायधीश बमको ०६९ जेठ १८ गते ललितपुरको यूएन पार्क नजिकै गोली हानी हत्या भएको थियो । चुरे भावरका तत्कालीन उपाध्यक्ष बाबु थापाको योजनामा न्यायाधीश बमको हत्या भएको थियो ।

हत्यामा संलग्न बाबुसहित चार जनालाई प्रहरीले गत पुसमा नै पक्राउ गरेको थियो । न्यायाधीश बममाथि गोली हान्ने सुटर रामेछापका स्माइली भने रोजगारीका लागि साउदी अरब पुगेका थिए ।

यो पनि पढ्नुहोस् :

न्यायाधीश बमका हत्यारा मगरलाई साउदी सरकारले नेपालको जिम्मा लगायो