९ कार्तिक २०८३, सोमबार

चारसय गाडी सुरक्षा घेरामा गन्तव्यसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band-yatatविराटनगर, ६ भदौ । संयुक्त मधेसी मोर्चाको अनिश्चितकालीन बन्दका कारण अलपत्र अवस्थामा रहेका चार सय गाडीलाई सुरक्षा निकायले सोमबारदेखि गन्तव्यसम्म पु¥याउँदै आइरहेका छन् ।

त्यस्ता गाडीलाई सुरक्षा घेरामा राखेर शनिबार साँझ सिरहाको बन्दीपुरबाट पूर्वतर्फ आउने एक सय २४ यात्रुवाहक बस, ७८ मालवाहक ट्रक र ३६ निजी सवारीसाधनलाई सुनसरी, मोरङ र झापासम्म पु¥याइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै पूर्वबाट पश्चिमतर्फ जाने ६८ बस, २८ ट्रक र १५ निजी सवारीसाधनलाई सिरहाको बन्दीपुरसम्म पु¥याइएको छ । सोही क्रममा शनिबार साँझ सुनसरीको दुहवी–५ मा बन्दकर्ताले इन्धन ढुवानी गर्ने ना२ख ४३५१ न्ंको ट्याङ्करमाथि ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ । रासस