२१ कार्तिक २०८३, शनिबार

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री आज नेपाल आउँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dharmendra-Pradhan-indian-ministerकाठमाडौँ, ६ भदौ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार अपराह्न काठमाडौं आउँदै हुनुहुन्छ ।

रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्न मन्त्री प्रधान नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा र मन्त्री प्रधानले आगामी सोमबार पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय तथा विदेश मन्त्रालयका उच्च अधिकारीका साथै भारतीय आयल कर्पोरेसनका अध्यक्ष एवम् नेपाल सरकारका वरिष्ठ अधिकारीहरुको उपस्थितिमा मन्त्रीद्धयले सम्झौतामा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सोमबार नै मन्त्री प्रधान र थापाबीच द्विपक्षीय भेटवार्ता हुनेछ । मन्त्री प्रधानको सम्मानमा मन्त्री थापाले आज साँझ यहाँ एक स्वागत समारोहको आयोजना गर्नुहुने पनि उक्त मन्त्रालयले जनाएको छ । रासस