देउखुरी, ६ भदौ । दाङको देउखुरीमा अपरिचित समूहले आज बिहान एउटा मोटरसाईकलमा आगजनी गरेको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा २ प ५९४ नम्वरको मोटरसाईकललाई लमही नगरपालिका– ५ फल्कापुरमा आगजनी गरिएको हो ।
प्रहरीको स्कर्टिङ्गको आँखा छलेर अपरिचित समूहले बिहान दुई बजे मोटरसाईकल जलाइदिएका हुन् ।
थारु बन्दकर्ताले भने मोटरसाईकलमा भएको आगजनीको जिम्मा लिएका छैनन् । आगजनी गर्नेहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
बन्दकर्ताले नै आफूहरूलाई आगजनीको बारेमा थाहा नरहेको भन्दै प्रतिप्रश्न गरेका छन् ।
यसैबीच शनिबार राति पूर्वपश्चिम महेन्द्र राजमार्गमा रोकिएका साढे तीन सय साना ठूला सवारी साधनलाई स्कर्टिङ्ग गरी गन्तब्यमा पुराइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्षमणबहादुर शाहीले जानकारी दिनुभयो ।
बन्दकर्ताले लमही–भालुवाङ्ग सडक खण्डको तीनस्थानमा अबरोध सृजना गरेका थिए । तर प्रहरीले कुशलताका साथ सवारी साधनलाई गन्तव्यतर्फ पठाएको हो ।















प्रतिक्रिया