२१ कार्तिक २०८३, शनिबार

थारुले संविधान मस्यौदा होइन सात प्रदेशको सिमाङ्कन जलाउँने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tharu-Aandolanकाठमाडौं, ६ भदौ । थरुहट र थारुवान संयुक्त संघर्ष समितिले आज संघीय प्रदेशको सिमाङ्कनको खाका जलाउने भएको छ ।

समितिले आज काठमाडौंसहित तराईका सबै जिल्लामा सात प्रदेशको संघीयताको सिमाङ्कनको खाका जलाउने सभासद एवम् थारु नेतृ रुक्मिणी चौधरीले जानकारी दिनुभयो ।

‘थारुहरूले संघीय राज्यको सिमाङ्कनको खाका जलाउँछन्’, उहाँले भन्नुभयो, ‘हामीलाई संविधानको मस्यौदामा भन्दा पनि सिमाङ्कन चित्त बुझेको छैन ।’

यसैबीच, संघर्ष समितिले तराईका जिल्लाहरूमा थरुहट तराईको प्रत्येक गाविस, नगरपालिकामा थरुहट र थारुवान स्वायत्त प्रदेश लेखेको साइनबोर्ड, होर्डिङ्ग बोर्ड र भित्ते लेखन कार्यक्रम गर्ने जनाएको छ ।

थारु संघर्ष समितिले काठमाडौंमा भने आज दिउँसो एक बजे हनुमानथानमा सात प्रदेशको खाका जलाउने नेतृ चौधरीले बताउनुभयो ।