२१ कार्तिक २०८३, शनिबार

जुम्लामा गोली लागेका कुँवरको काठमाडौंमा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ६ भदौ । स्वायत्त कर्णालीको माग गरेर भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका जुम्लाका हरिबहादुर कुँवरको मृत्युको छ ।

एकीकृत माओवादी निकटका कुँवरको उपचारका क्रममा आज बिहान काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । कुँवर जुम्ला जिल्ला ताप्ती गाविस निवासी हुन् ।

साउन ३१ गते भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कुँवरसहित तीन जनालाई गोली लागेको थियो ।

गोली लागेर गम्भीर घाइते तीन जनालाई उपचारका लागि उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

स्वायत्त कर्णालीको माग गर्दै आन्दोलनका क्रममा मृत्यु भएको भन्दै एकीकृत माओवादीले कुँवरलाई शहीद घोषणाको माग गरेको छ ।

जुम्लामा भड्किएको आन्दोलनलाई नियन्त्रणमा लिएर शान्ति सुरक्षाकायम गर्ने क्रममा प्रहरीले गोली चलाउँदा कुँवरलाई पनि लागेको थियो ।