२१ कार्तिक २०८३, शनिबार

चार दलका शीर्ष नेताहरूको बैठक बस्दै, असन्तुष्ट पक्षलाई वार्तामा बोलाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM-residence-Baluwatarकाठमाडौं, ६ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संघीय राज्यको सिमाङ्कनमा देखिएको विवादका विषयमा छलफल गर्न प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

अहिले केही समयपछि बालुवाटारमा बस्ने बैठकमा सात प्रदेशको सिमाङ्कनमा देखिएको विवादका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

छ प्रदेशबाट बढाएर सात प्रदेश बनाउँदा पनि असन्तुष्ट पक्षको माग सम्बोधन हुन नसकेपछि चिन्तित देखिएका चार कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरू सहमति जुटाउने प्रयासमा लागेका हुन् ।

उनीहरूले असन्तुष्ट पक्षलाई वार्तामा आउन अपील गर्ने विषयमा समेत छलफल हुने बुझिएको छ । बैठकले वार्ताका लागि अपीलको खाका तयार पार्ने बताइएको छ । बैठक नौ बजेपछि बस्ने कार्यक्रम छ ।