२१ कार्तिक २०८३, शनिबार

प्रचण्डलाई छाड्ने योजना बनाउँदै दर्जन बढी नेता, गोप्य भेला राजधानीमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आफ्नो समूहको गोप्य भेलालाई सम्बोधन गर्दै अमिक शेरचन
आफ्नो समूहको गोप्य भेलालाई सम्बोधन गर्दै अमिक शेरचन

काठमाडौं, ५ भदौ । जनयुद्ध हुँदै पहिलो संविधानसभामा आफ्नो दवदवा बनाउन सकेको तत्कालीन नेकपा (माओवादी) हाल एकीकृत नेकपा माओवादीको नाममा अस्तित्वमा छ । तर यो पार्टी पनि फेरि विभाजनको अन्तिम संघारमा आएको छ ।

एकीकृत माओवादीका केन्द्रीय नेताहरूको आ–आफ्ना सांगठनिक र गुटगत भेलाका कारण पार्टी फुटको संघारमा पुगेका हो ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आधा दर्जन केन्द्रीय नेताहरूले छिट्टै छाड्ने संकेत देखाएका छन् । र गृहकार्य पनि सुरु गरिसकेका छन् ।

राजधानीमा शनिबार भएको एकीकृत माओवादीका दर्जन केन्द्रीय नेताहरूको गोप्य भेलाले प्रचण्डसँग एउटै पार्टीमा बस्ने नसकिने निष्कर्ष निकालेको स्रोतले जनाएको छ । भेलामा नेताहरूले प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले एकलौटी रुपमा आआफ्ना समूह र गुट चलाएको भन्दै खुब आलोचना गरेका थिए ।

नेकपा (माओवादी)सँग पार्टी एकीकृत हुनुअघि रहेको एकता केन्द्रका नेताहरूले प्रचण्डविरुद्ध राजधानीमा भेला गरेका हुन् । भेलामा अमिक शेरचन, लीलामणि पोख्रेल, धनश्याम शर्मा, आहुती, डीआर पौडेल, जागृत रायमाझी, पेशल खतिवडा, सन्देश पौडेल, प्रकाश पौडेल, अञ्जना विसंखे दिनेश पन्थीलगायत पचासभन्दा बढी अगुवा नेताहरूको सहभागिता रहेको स्रोतको भनाइ छ ।

भेलाले तीन वटा प्रस्तावमा छलफल गरेको छ । पहिलो एकीकृत माओवादीलाई सुधार गरेर जाने, दोस्रो अलग पार्टी गठन गर्ने र तेस्रोमा बाबुराम वा नेत्रबिक्रम चन्द समूहसँग मिलेर पार्टी बनाउने विकल्पमा छलफल चलाएको हो ।

अमिक शेरचन, लीलामणि पोखरेलसहितका नेताहरूले प्रचण्डविरुद्ध गोप्य भेला गरेको विषयलाई महत्वका साथ हेरिएको छ ।

बाबुराम भट्टराईले प्रचण्डलाई असहयोग गरिरहेका बेला अमिक र लीलामणिले पनि आफूहरूको पूरानो समूहलाई सक्रिय बनाएका छन् । यो भेलाले प्रचण्ड एकीकृत माओवादीमा झन् कमजोर हुने संकेत देखिएको छ ।