– शिबलाल सुबेदी
गुल्मी, ५ भदौ । डाक्टरहरुको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै जिल्ला अस्पताल तम्घासमा तनाव उत्पन्न भएको छ ।
अर्घाखाची जिल्ला भगवती गाविस २ की २२ वर्षिय बिमला श्रेष्ठको डाक्टरहरुको लापरवाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्त तथा बिभिन्न सरोकारवालाहरुले अस्पतालसँग सत्यतथ्य सार्वजनिक माग गरेपछि जिल्ला अस्पताल तम्घासमा तनाव उत्पन्न भएको हो ।
सामान्य रुपमा शिशु जन्माएकी सुत्केरीको जिल्ला अस्पतालमै अत्याधिक रक्तश्रावबाट मृत्यु भएको घटना छानविन गर्न भन्दै दवाव दिएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । अस्पतालले पनि उक्त घटनाको टानविनका लागि भन्दै समिति गठन गरेको छ । सुत्केरी बेथा लागेपछि जिल्ला अस्पताल गुल्मीमा बुधवार राति भर्ना भएकी भगवती अर्घाखा“चीकी २२ वर्षीय बिमला श्रेष्ठको विहिवार मिसन अस्पताल पाल्पामा मृत्यु भएको थियो ।
तम्घास अस्पतालमा भर्ना भएको २ घण्टापछि उनी सामान्य रुपमै सुत्केरी भएकी थिईन । साल ननिस्केपछि निकाल्ने क्रममा पाठेघर समेत बाहिर आएको र त्यसकै कारण बढी रक्तश्राव भएर सुत्केरीको मृत्यु भएको डाक्टरहरुको दावी रहेपनि आफन्त तथा बिभिन्न सरोकारवालाहरुले अस्पतालको लाहपरवाही कै कारण मृत्यु भएको दावी गदै आएका छन ।
सुत्केरी हु“दा आमा र शिशुको अवस्था सामान्य भएपनि त्यसपछि लापरवाहीकै कारण सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्दै शुक्रवार र शनिवार तम्घास अस्पतालमा आफन्तहरुले नारावाजी समेत गदै सलग्न चिकित्सकहरुको सरुवा तथा कारवाहीको माग गरेका छन ।
शनिवार उनीहरुले आन्दोलन गर्ने चेतावनी दिएपछि शनिवार जिल्ला अस्पताल तम्घासमा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थी सहित सरोकारवाला र राजनीतिक दलहरुको छलफलपछि घटनाको छानविन गर्न नेपाली कांग्रेस गुल्मीका उपसभापति भुवनप्रसाद श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय छानविन समिति गठन गरिएको छ ।
समितिमा नेकपा एमालेका सचिवालय सदस्य कृष्ण घिमिरे, एमाओवादीका सचिव युवराज केसी, राप्रपाका अध्यक्ष भरत चन्द, जनमोर्चाका हरि न्यौपाने, गुल्मी उद्योग बाणिज्य सघंका अध्यक्ष अखिलेश्वर पाण्डे, मानवअधिकारकर्मी टोपलाल अर्याल र पीडित पक्षबाट हरी पाण्डे र मधु श्रेष्ठ रहेको समिति गठन गरेर छलफल भैरहेपनि शनिवारसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन ।















प्रतिक्रिया