९ कार्तिक २०८३, सोमबार

गौशालामा दुईवटा भारतीय गाडीमा तोडफोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

band-boleroगौशाला, ५ भदौ । बन्दको अवज्ञा गरेको भन्दै महोत्तरीको गौशालामा आन्दोलनकारीले आज दुईवटा भारतीय गाडीमा तोडफोड गरेका छन् ।

संयुक्त मधेसी मोर्चाले गरेको अनिश्चितकालीन बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले जलेश्वरको खैराचौकमा बी.आर.०६पी.ए.१७९३ नम्बरको टाटा बोलेरो र बी.आर.३०पी ०४९१ नम्बरको टाटा सुमो गाडी तोडफोड गरेका छन् ।

आन्दोनकारीले ती दुवै गाडीको सिसा फुटाइदिएका छन् भने गाडीको अन्य भागमा पनि क्षति पु¥याएका छन् । तोडफोड गरिएका एउटा गाडी धनुषाको जनकपुरबाट भारततिर जाँदै थियो भने अर्को गाडी भारतको सीतामढीबाट महोत्तरीको जलेश्वर आउँदै थियो ।

सोही क्रममा जलेश्वरको खैराचोकमा सडक जाम गरी बसिरहेका मोर्चाका नेता कार्यकर्ताले ढुङ्गा प्रहार गरी दुवै गाडीमा तोडफोड गरेका थिए । रासस