मोरङ, ५ भदौ । मोरङमा एक महिला बलात्कृत भएकी छिन् ।
पाटी–६ बस्ने २५ वर्षीया महिलालाई बुधबार सोही ठाउँमा जबरजस्ती करणी गरेको अभियोगमा याङसिला–८ बस्ने २२ वर्षीय सुजन तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
ती महिलालाई देखेपछि आफूलाई नियन्त्रण गर्न नसकेर जबरजस्ती शारीरिक सम्पर्क राखेको सुजनले प्रहरीलाई वयान दिएका छन् ।
पीडित महिलाको धरान घोपा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया