काठमाडौं, ५ भदौ । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाओवादीका दुई सय भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
एमाले सिन्धुपाल्चोक-काठमाडौँ सम्पर्क मञ्चले राजधानीमा आयोजना गरेको कार्यक्रममा कांग्रेस, एमाओवादी र राप्रपा परित्याग गरी एमाले प्रवेश गरेका दुई सय मध्ये ८५ जनालाई नेकपा एमालेका नेता माधवकुमार नेपालले टीका लगाई स्वागत गर्नुभयो ।
एमाले प्रवेश गर्नेहरुमा एमाओवादी जिल्ला कमिटी सदस्य लालबहादुर तामाङसहित नेताकार्यकर्ता रहेका छन् । प्रवेश गर्नहरुमा ती दलका भातृ संगठनका नेताहरु समेत रहेका छन् ।
कांग्रेस छाडेर मकर बहादुर तामाङ, शक्ति श्रेष्ठ, फर्वा तामाङ, सुरेन्द्र तामाङ, प्रेम बहादुर श्रेष्ठ एमालेमा प्रवेश गरेका छन् । यस्तै,
एमाओवादीबाट जिल्ला कमिटी सदस्य लालबहादुर तामाङ, सम्भु लामा, मिनबहादुर विक, विजयकुमार तामाङ लगायत गरी दुई भन्दा नेताकार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले पोलिटब्युरो सदस्य अरुण नेपालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-‘सबै पार्टीका जिम्मेवार नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । अब एमालेले नयाँ साथीहरुलाई उचित जिम्मेवारी दिन्छ ।’ कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नीति अनुसार जिम्मेवारी पूरा गर्न नवप्रवेशीलाई निर्देशन दिनुभयो ।












प्रतिक्रिया