३० आश्विन २०८३, शुक्रबार

जन्मदिनमा रेखा थापालाई श्याम भट्टराईको प्रश्न-‘वैनी के म ग़लत थिएँ त ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shyam-rekha

काठमाडौं । आज रेखा थापाको ३२ औं जन्मदिन । विगत १२ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरिरहेकी नम्बर वान नायिकाको रुपमा चिनिन्छिन् रेखा । जन्मदिनमा रेखालाई थुप्रैले शुभकामना दिएका छन् ।

उनका दर्शक, नतोदार मित्र तथा शत्रुले पनि जन्मदिनको शुभकामना दिएका छन् । यसै क्रममा चर्चित निर्देशक श्याम भट्टराइले पनि रेखालाई जन्मदिनको शुभकामना दिएका छन् । केही समय पहिले चलचित्र हिम्मतवाली शुटिङका क्रममा रेखासँगको मित्रता बिग्रिएपनि श्यामले जन्मदिनमा शुभकामना दिँदै ‘वैनी के म ग़लत थिएँ त ?’ भन्दै प्रश्न गरेका छन् ।

यस्तो छ श्यामले जन्मदिनमा दिएको शुभकामना सन्देश तथा प्रतिक्रिया :

आज तिम्रो जन्मदिन, तिम्रो सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना । मैले अन्तरमनबाट तिमीलाई वैनी मानेर व्यवहार गरेको प्रतिफल मेरो भागमा वदनामी दिएपनी हिजोको दिनहरू याद आउछ वैनी । नयापत्रिका दैनिकमा तिम्रो बारे लेखेको मेरो लेख अहिले नि याद आउछ । आज पनी तिमीलाई शुभकामना । दुश्मनले ग़लत सल्लाह दियो कि या त तिमीले मलाई ग़लत भेट्यो कि, तिमीले आज सम्म यो कुरा प्रस्ट गरिनौ । आज म सात समुन्द्र पारी छु मलाई कुनै लेनदेन पनी छैन । अन्तर हृदयदेखी भन वैनी के म ग़लत थिएँ त ?

shyam-bhattrai