२९ आश्विन २०८३, बिहिबार

राजधानीमा प्रेमिका पाउन प्रेमीले गरे यस्तो कुकर्म !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

loverएजेन्सी । आफ्नी प्रेमिका पाउन एक युवकले सम्बन्ध तोडिदिएका छन् ।

ती युवकले आफ्नी प्रेमिकाको फोटो उनका हुनेवाला ससुरालीलाई देखाएर उनको गाँसिन लागेको वैवाहिक सम्बन्ध तोडिदिएका हुन् । त्यसपछि आफै प्रेमिकासँग विवाह गर्न दबाब दिएका छन् । खबर अनुसार भारतको राजधानी नयाँ दिल्लीको एक स्कुलमा पीड़ित युवती कक्षा १२ मा पढ़ाईको क्रममा ट्यूशन क्लास जान्थिन् । त्यसै क्रममा उनको भेट रोहित नामका एक युवकसँग भयो । केही दिनपछि युवतीको विवाह मिति पक्का भयो । यो कुरा थाहा पाएपछि रोहितले आफूसँग खिंचेको युवतीको फोटो हुनेवाला पतिको मोबाइलमा पठाएर जोडिन लागेको सम्बन्ध तोडिदिए ।

यो भन्दा पहिला पनि रोहित मध्यरातिसम्म युवतीलाई फोन गरेर विवाहका लागि दबाव दिन्थे । यदि म सँग विवाह नगरेमा तिम्रो जिन्दगी बर्बाद गरिदिने धम्की पनि उनले दिन्थे । यो सबै घटना पीडित युवतीले आफ्नो परिवारलाई सुनाएपछि रोहितविरुद्ध पुलिसमा उजुरी दर्ता भएको छ । प्रहरीले मुद्दा दर्ता गरेर घटनाको कारवाही प्रक्रिया अगाडि बढाएको छ ।