९ कार्तिक २०८३, सोमबार

०३४ र ०३५ सालमा गुमेको ‘ठोरी’को खुसी शुक्रबार यसरी फर्कियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thori-ma-Khusiyaliचितवन, ५ भदौ । पर्साको ठोरी गाविस प्रदेश नं ३ मा गाभिएपछि ठोरीका जनताका वर्षौ देखिको चाहाना पूरा भएको छ । उनीहरूले ढिलै भए पनि माग सुनुवाइ भएको भन्दै खुसीयालि मनाएका छन् ।

सिमाङ्कनको विषयमा प्रमुख राजनीतिक दलहरूबीच शुक्रबार भएको सहमतिको स्वागतमा ठोरीका ९ वटा वडाका स्थानीयले शुक्रबार राति दीप प्रवज्वलन गरेर खुशीयाली मनाए ।

दलहरूले ठोरीलाई चितवनमा गाभ्ने सहमति गरे लगतै ठोरीका स्थानीयले चोकचोकमा आएर दीप प्रवज्वलन गरेको स्थानीयबासी भरत थापाले जानकारी दिनुभयो ।

पर्साको ठोरी गाविस प्रदेश नम्बर ३ मा गाभिनुको साथै चितवन जिल्लापनि गाभिएको छ । यसअघिको सिमाङ्कनमा ठोरी प्रदेश नं २ मा राखिएको थियो ।

जसको बिरोध गर्दै ठोरीका जनताले चरणबद्ध संर्घष गरेका थिए । २०३४ सालसम्म चितवनमा रहेको ठोरी २०३५ सालपछि पर्सामा रहँदै आएको थियो ।

ठोरीका जनताले आफूहरूलाई सिमाङ्कनमा मर्का परेको भन्दै गुनासो गर्दै आएका थिए । शुक्रबारको सिमाङ्कनले उनीहरूको पुरानो चाहना पूरा भएको छ ।