काठमाडौं । भदौ २३ गते हुने नेपाल कलाकार संघको चुनावमा कलाकार विशाल बिष्टले उमेद्वारी घोषणा गरेका छन् ।
बिष्टले अनामनगरस्थित मण्डला नाटकघरमा पत्रकार सम्मेलन गरी उमेद्वारी घोषणा गरेका हुन् ।
अहिलेका अध्यक्ष नवल खड्काले सुरुवात गरेको बिभिन्न कामलाई प्रथामिकता दिँदै संघलाई नयाँ दिशातिर अग्रसर गराउने उनले बताए ।
कलाकारको हकहितका खातिर आवाज उठाउँदै बिभिन्न सुबिधा दिलाउन आफूले उमेद्वारी दिन लागेको बिष्टले बताए ।
कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, रंगपत्रकार तथा कलाकार निर्देशक डब्बु क्षत्री, कलाकार निर्देशक दिनेश शर्मालगायतले बिष्ट अध्यक्षको राम्रो उम्मेदवार भएको चर्चा गरे ।
लामो समयदेखि अभिनयमा क्रियाशील बिष्ट कलाकार, निर्माता र निर्देशकसमेत हुन् ।
अध्यक्ष पदाका लागि अहिलेका महासचिव रामकेसर बोगटी, कलाकार एवम् निर्देशक लय संग्रौलाले पनि उमेदवारी घोषणा गरेका छन् । बोगटी र संग्रौला अध्यक्ष पदमा आफूहरूले जित्ने दाबी गर्छन् ।
कलाकारहरूलाई अहिले चुनावले सताएको छ । अध्यक्षसहितका पद हत्याउन विभिन्न उम्मेदवारहरू कम्मर कसेल लागेका छन् ।















प्रतिक्रिया