३० आश्विन २०८३, शुक्रबार

दीपिका र करीनालाई पछ्याउँदै सबैभन्दा महंगी हिरोइन बनिन कंगना !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

highest_paid_bollywood_actress एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत अब कामबाट मात्र होइन् कमाईको रेकर्डमा पनि बलिउड ‘क्वीन’ बनेकी छिन् । समाचार एजेन्सीका अनुसार कमाईको रेकर्डमा दीपिका पादुकोण र करीना कपूरलाई पछ्याउँदै कंगना सबैभन्दा बढी पारिश्रमिक लिने महंगो कलाकार पनि बनेकी छिन् ।

समाचार अनुसार बलिउड ‘क्वीन’ कंगना रनौतले आफ्नो पछिल्लो फिल्म ‘तनु वेड्स मनु रिटर्न्स’बाट ११ करोड रुपैयाँ पारिश्रमिक लिएकी थिईन् । यसको साथै उनले कमाईको रेकर्डमा दीपिका पादुकोण र करीना कपूरलाई पछ्याएकी हुन् ।

यो भन्दा पहिला बलिउडकी हट एक्ट्रेस दीपिका पादुकोण सबैभन्दा बढी पारिश्रमिक लिने एक्ट्रेसका रुपमा चिनिन्थन् । दीपिका एक फिल्मबाट करिब ९ करोड रुपैया पारिश्रमिक लिने गर्छिन् ।

Deepika padukone

दीपिकापछि दोस्रो नम्बरमा अभिनेत्रीको नाम आउँछ बलिउडकी ‘बेबो’ यानी करीना कपूरको जो आफ्नो हरेक फिल्ममा करिब ८ देखि ९ करोड रुपैयाँ पारिश्रमिक लिँदै आएकी छिन् ।

दीपिका र करीनापछि तेस्रो नम्बरमा आउछिन् बलिउडकी ‘मैरीकोम’ अर्थात प्रियंका चोपड़ा । बलिउडकी हट एक्ट्रेस प्रियंका चोपड़ा एक फिल्मबाट करीब ७ देखि ८ करोड़ रुपैयाँसम्म पारिश्रमिक लिने गर्छिन् ।

Katrina kaif

बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा बलिउडकी बोल्ड एक्ट्रेस कैटरीना कैफको नाम पनि आउँछ । उनी एउटै फिल्मबाट करिब ६ देखि ७ करोडसम्म पारिश्रमिक लिने गर्छिन् ।