३० आश्विन २०८३, शुक्रबार

अमेरिका पुगेर के-के गर्दैछन् मुन्द्रे ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jitu-nepal– विजय थापा
वाशिंगटन डिसी । २०७२ तीज, दशैं तथा तिहार धमाका कार्यक्रमको लागि नेपालका चर्चित हास्यकलाकार जितु नेपाल (मुन्द्रे) अगस्त २७ तारिखमा अमेरिका नेपालका चर्चित अन्य कलाकारहरु संग अवतरण गर्ने भएका छन् ।

नेपालबाट अमेरिका कुराकानी गर्दै जितु नेपाल भने अरु धेरै कलाकारहरु पहिले देखि नै अमेरिका आउने जाने गरे । धेरै उतै पनि बसे । अन्य थुप्रै देशमा आफुले कार्यक्रम प्रस्तुत गरे । ठटेउली पारामा, खै के भएर हो ? अमेरिकाको लागि मेरो पालो अन्तिममा पर्यो जितुले भने ।

अन्तिम अन्तिममा परे पनि अमेरिका जस्तो देशमा आफुले आफ्नो प्रस्तुति देखाउन नपाएकोले चिन्तित थिए । यो आफ्नो अमेरिकाको यात्रा पहिलो हो । यसपालि मौका जुर्यो र अब धित मर्ने गरि अमेरिकाका नेपाली तथा नेपाली भाषी भुटानी समुदायलाई पेट मिची मिची हसाउने र च्यापु दुख्ने गरि हसाउन कसो नसकिएला जितुले भने ?

नेपालबाट नै कार्यक्रमको लागि सबैलाई आमन्त्रण गर्दै पैसा तिरेर कार्यक्रम हेर्न आएपछि दर्शकलाई भरपुर रमाईलो होस् भन्ने आफ्नो चाहना रहेको बताए ।

अमेरिका जस्तो व्यस्त जीवन भएको मुलुकमा समय मिलाएर हाम्रो प्रस्तुति हेर्ने आएका नेपाली समुदायलाई म निरासा हुन् दिन्न । यो हाम्रो प्रतिबद्धता हो भने । हाम्रो काम दर्शकलाई मनोरंजन दिने भएकोले अहिले त्यसको लागि आफू तयारमा भएको बताए ।

कलाकारलाई सबै भन्दा ठुलो सम्मान भनेको नै कार्यक्रममा दर्शकहरु हुनुपर्छ । दर्शक खचाखच भीड भएमा कलाकारको जाँगर स्वत स्फ़्रुत रुपमा आउछ जितुले भने ।