३० आश्विन २०८३, शुक्रबार

नासाको महासचिवमा विष्टको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shiva-Bista

अमेरिका, २ भदौ । अमेरिकाको दक्षिणी भेगमा रहेका नेपालीहरुको छाता संगठन ‘नेप्लीज एशोसियसन इन साउथेष्ट अमेरिका’ को महासचिवमा शिव विष्टले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नासाको आगामी सेप्टेम्बर ४ देखि हुन लागेको सम्मेलनका लागि व्यवसायी तथा संचारकर्मी विष्टले महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपाल मानवअधिकार संगठन, अमेरिकाका सचिव तथा नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सचिव हुँदै उपाध्यक्ष बनेका विष्टले तन, मन र वचनले नेपाली समुदायको सेवामा समर्पित रहन आफूले नासाको महासचिवमा उम्मेदवारी दिएको दैनिक नेपाललाई बताउनुभयो । नेपाल तथा अमेरिकाका विभिन्न सामाजिक संस्थामा काम गर्दा वटुलेको अनुभवलाई आफूलाई नासाको हितमा लगाउन खोजेको उहाँले बताउनुभयो । अमेरिकाको दक्षिणी भेगमा रहेका नेपालीहरुको उत्साहमुलक समर्थन रहेकाले महासचिव निर्वाचित हुनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।

नासा–आन्मा सम्मेलनका मिडिया तथा जनसम्पर्क समितिका संयोजक एवं सांस्कृतिक समितिका सहसंयोजक रहेका विष्टले नेपालको भूकम्पमा परेर चामत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीहरुको कथामा बनेको ‘भाग्यले बाँचेकाहरु’ नामक चर्चित वृत्तचित्र अमेरिकामा प्रदर्शन गर्नका लागि संयोजन गरिरहनुभएको छ । उहाँकै संयोजनमा नासा–आन्माको संयुक्त सम्मेलनमा सेप्टेम्बर ६ तारिखका दिन अमेरिकामा यो वृत्तचित्र समेत प्रदर्शन हुँदैछ ।

उहाँले सम्मेलनमा मिडिया फोरमको पनि संयोजन गर्नुभएको छ । सम्मेलनमा वर्तमान परिस्थतिमा नेपाली मिडियाको भूमिकाको विषयमा बृहत छलफल हुँदैछ ।