३० आश्विन २०८३, शुक्रबार

साढे ६ अर्ब रुपैयाँ बोकेको विमानका ५४ यात्रुको लास भेटियो, पैसा र विमान अझै भेटिएन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्डोनेसिया, १ भदौं । उद्धारकर्ताहरुले गत आइतबार हराएको इन्डोनेसियाको विमानका ५४ यात्रुको शव सुदुरपूर्वी प्रान्त पपुआमा फेला परेको बताएका छन् ।

सो विमानको उद्वारको काम आइतबारदेखि नै जारी रहेको र सो क्रममा मङ्गलबार उद्वारकर्मीहरुले यात्रुको शव भेट्न सफल भएको यातायात मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

स्थानीय समयाअनुसार मङ्गलबार मध्याह्न १२ः३० बजे उद्धारकर्ताले इन्डोनेसियाली त्रिगङ्गा हवाई कम्पनीद्वारा सञ्चालित सो विमानका सबै यात्रुको शव निकालेको मन्त्रालयका प्रवक्ता जे.ए बरातले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।

इन्डोनेसियाली त्रिगङ्गा हवाई बाहक कम्पनीद्वारा उडान भरिएको एटीआर ४२¬–३०० टर्बोप्रप विमान पपुआ प्रान्तको बिनताङ्ग जिल्लाको माउन्ट तानगोकमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

सो विमान आइतबार स्थानीय समयानुसार दिउँसो ३ बजेदेखि हराएको थियो । विमानको खोजी कार्य तदारुकताका साथ जारी रहेको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार चालक दलका सदस्यसहित ५४ यात्रु लिएर जयपुराबाट अक्सिविलका लागि उडेको विमान खराब मौसमका कारण सम्पर्कविहीन भएको थियो ।

इन्डोनेसियाको पूर्वी प्रान्तका गरिब नागरिकलाई राहत वितरण गर्नका लागि साढे ६ अर्ब इन्डोनेसियाली रुपैयाँका साथ पठाइएको सो विमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।

करिब पैँतालिस मिनेटको यात्रापछि अवतरण गर्नेगरी उडेको उक्त जहाज अवतरण हुनुभन्दा १० मिनेट अगाडि सम्पर्कबिहीन भएको थियो । रासस/सिन्ह्वा